इनड्राइभद्वारा ७ करोड ५० लाख सहयोग
barnanmedia.com · Thu Sep 10 11:29:12 GMT 2026

इनड्राइभले बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनस्र्थापना र पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड ५० लाख रुपैयाँ (करिब ५ लाख अमेरिकी डलर) योगदान गरेको छ ।
नेपाल–चीन सीमाक्षेत्र नजिकै गएको हिम पहिरोका कारण आएको भोटेकोशी बाढीले रसुवासहित तल्लो तटीय क्षेत्रका नुवाकोट र धादिङका विभिन्न स्थानमा ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएको छ । विपद्का कारण जनधनको क्षतिसँगै घर, विद्यालय, पुल, जलविद्युत् आयोजना तथा अन्य महत्वपूर्ण सार्वजनिक पूर्वाधारमा समेत व्यापक क्षति पुगेको छ । बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका कार्य जारी रहेका छन् भने बेपत्ता व्यक्तिहरूको खोजीसमेत निरन्तर भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)