जिल्ला समन्वय समितिका प्रमुखको निधन
baahrakhari.com · Mon May 25 16:57:39 GMT 2026

भक्तपुर । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर थापाको निधन भएको छ ।
शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहेका थापाको ६५ वर्षको उमेरमा सोमबार निधन भएको हो । सूर्यविनायक नगरपालिका–७ निवासी थापा विगत दुई सातादेखि मुटु तथा उच्च रक्तचापसम्बन्धी समस्याका कारण उपचाररत थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)