मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युद्ध–विरामका बाबजुत इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कबाट नौ जना प्यालेस्टिनी पक्राउ

arthadabali.com · Thu Jun 18 11:54:34 GMT 2026

युद्ध–विराम सम्झौताका बाबजुत इजरायली सेनाले बिहिबार वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रबाट नौ जना प्यालेस्टिनी नागरिकलाई पक्राउ गरेको जनाएको छ ।

प्यालेस्टिनी समाचार एजेन्सी डब्लुए एफ ए का अनुसार सेनाले कल्किल्यबाट पाँच जना प्यालेस्टिनी र नाबलुसबाट अन्य चार जनालाई उनीहरूको घरमै छापा मारेर पक्राउ गरेको जनाएको छ ।

यसै गरी इजरायली कब्जा बलहरूले अल–मदारिस स्ट्रिट र अल–जामासिनबाट अगाडि बढ्दै नाबलुसको पूर्वमा रहेको बालाटा शरणार्थी शिविरमा आक्रमण गरेको जनाइएको छ ।

कब्जा गरिएको वेस्ट ब्याङ्क र जेरुसेलमका सहरहरू, र शरणार्थी शिविरहरूमा दैनिक इजरायली छापा, आक्रमणहरू झडप, गिरफ्तारी र गोली प्रहरा हुने गरेको जनाइएको छ ।

सम्बन्धित विषय:

# युद्ध

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)