म्याग्दीको रघुगंगाले ल्यायो ५६ करोड ४ लाख बढीको बजेट
gorkhapatraonline.com · Thu Jun 18 12:15:41 GMT 2026

म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३-०८४ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । बिहिबार गाउँपालिका केन्द्र मौवाफाँटमा सम्पन्न २१ औं गाउँसभाले ५६ करोड ४ लाख २० हजार सात सय रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको हो ।
गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित भएसँगै उपाध्यक्ष प्रेमकुमारी पुनले आगामी आर्थिक वर्षका लागि उक्त बजेट गाउँसभामा प्रस्तुत गर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
सरोज गुरागाईं