मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सरकारसँगको टकराबपछि कुलमानले घोषणा गरे ‘औद्योगिक लोडसेडिङ’

barnanmedia.com · Wed Dec 18 22:19:44 GMT 2024

बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन। यो उखान नेपाली समाजमा निकै चर्चित छ। यसरी बोलेरै पिठो विकाउने क्षमता भएका व्यक्ति हुन् नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ। उनी मन्त्री होइनन्, हुन त केवल प्रबन्धक। तर, विद्युत प्राधिकरणमा प्रबन्ध निर्देशक भएपछि उनले चलेको चाल भने अनौँठो छ। लोड व्यवस्थापन र भारतबाट विजुली आयात गरेर विद्युत सेवा सहज बनाए। विशेषगरी औद्योगिकबाहेक, त्यसमा पनि काठमाडौंसहित सहरी क्षेत्रमा लोडसेडिङ अन्त्य गरे। जुन कामको प्रशंसा नै गर्नुपर्छ।

तर, घिसिङले देशभर कुनै पनि क्षेत्रमा लोडसेडिङ नरहेको भन्दै हरेक वर्ष ढाँटदै आएका थिए।औद्योगिक क्षेत्रमा बर्खाबाहेक ८ देखि १२ घन्टासम्म लोडसेडिङ हुँदै आएको थियो। तर, घिसिङ भने स्वीकार गर्न तयार नै भएनन्। उनको बोली विक्ने भएकाले पनि होला नेपाली समाजमा छाप नै परेको थियो, औद्योगिक क्षेत्रमा लोडसेडिङ छैन।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)