मौसम अनुकूल भएपछि ६९० पर्यटक लुक्ला ओर्लिए
baahrakhari.com · Wed Oct 16 17:19:43 UTC 2024

सोलुखुम्बु । लुक्ला विमानस्थलमा मौसम अनुकूल भएसँगै काठमाडौं र रामेछापको मन्थली विमानस्थलमा रोकिएका ६९० पर्यटक ओर्लिएका छन् । मौसम प्रतिकूलताका कारण दुई दिनदेखि पर्यटक मन्थली र काठमाडौंमा रोकिएका थिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका ‘एटीसी अफिसर’ विवश दाहालका अनुसार, आज मन्थलीमा रोकिएका ६०० र काठमाडौंमा रोकिएका ९० पर्यटक लुक्ला आइपुगेका हुन् । हेलिकप्टरमार्फत ७० उडान गर्दा ३५० र जहाजमार्फत ३४० पर्यटक लुक्ला ओर्लिएको उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)