मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बेर्ना उमारेरै घरखर्चको जोहो

ratopati.com · Wed Oct 16 19:15:00 UTC 2024

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ असैनाका ३१ वर्षीय बिनोद रानाले तरकारीका बेर्ना (बिरुवा) बिक्री गरी मनग्य आम्दानी गर्दै आएका छन् । तीन कठ्ठा जग्गामा उनले तरकारीको बेर्ना उमारेका छन्। रानाको नर्सरीमा गोलभेँडा, खुर्सानी, भण्टा, ब्रोकाउली, काउली, बन्दागोभी, रायोलगायतका बिरुवा उत्पादन गरिएका छन् ।

भदौको अन्तिम सातादेखि नर्सरीमा बिरुवा उमार्न थालेका रानाले असोजको दोस्रो सातादेखि बिरुवा बिक्री गर्न थालेका हुन्। पाँच वर्षदेखि उनी बेर्नाको नर्सरी उत्पादन गरेर बिक्री गर्दै आएका छन्। गत वर्षको यसै अवधिमा नर्सरीबाट ३० हजार बिरुवा बिक्री भएका थिए । यस वर्ष लगातार वर्षा हुँदा नर्सरीमा १५ हजार मात्र बिरुवा बिक्री भएको रानाले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)