मतान्तर बढाउँदै देउवा
baahrakhari.com · Tue Dec 14 19:09:00 GMT 2021
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सभापति पदको जारी मतगणनामा शेरबहादुर देउवाले अग्रता कायम राखेका छन् । राष्ट्रियसभा गृहमा जारी मतगणनामा उनले अग्रतासँगै मतान्तर पनि बढाउँदै गएका छन् ।
१७०० मतगणना हुँदा देउवाको पक्षमा ९९२ मत खसेको छ । उनका प्रतिस्पर्धी डा. शेखर कोइरालाका पक्षमा ६८९ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)