कानुन निर्माणबारे कानुनमन्त्रीले श्रममन्त्रीसँग गरिन् छलफल
barnanmedia.com · Thu Jun 18 13:04:23 GMT 2026

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग कानुन निर्माणका विषयबारे छलफल गरेकी छन्।
कानुन निर्माणका प्राथमिकता र लक्ष्य निर्धारण पूरा हुने गरी काम गर्नका लागि मन्त्री गौतमले यादवसँग बिहीबार छलफल गरेकी हुन्।
मन्त्री यादवसँग गौतमले प्राथमिकताक्रम निर्धारण गरी विधेयकहरू तयार गर्न आग्रह गरिन्।
छलफलका क्रममा मन्त्री गौतमले कानुन निर्माणको प्राथमिकता र लक्ष्य निर्धारण गर्दा सबै मन्त्रालयबीच समान बुझाइ हुनुपर्ने बताइन्।
लक्ष्य निर्धारण महत्त्वाकांक्षी मात्र नभई प्राप्त गर्न सकिने र व्यावहारिक हुनुपर्ने उनको भनाइ छ।
छलफलका क्रममा श्रममन्त्री यादवले युवासँग सम्बन्धित विश्वव्यापी नयाँ चुनौती र मुद्दाहरूलाई सम्बोधन गर्ने गरी कानून तथा नीति निर्माण गर्ने प्रतिबद्धता जनाए।
मन्त्रालयका धेरै योजना र लक्ष्य आवश्यक कानुन र बजेटको अभावका कारण कार्यान्वयन हुन नसकेको गुनासो उनले कानुनमन्त्री गौतमसँग राखेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)