अर्थमन्त्रीलाई हर्क साम्पाङको सम्बोधन– निमित्त प्रधानमन्त्रीज्यू
shilapatra.com · Thu Jun 18 13:13:56 GMT 2026

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलको नेता हर्कराज राईले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई निमित्त प्रधानमन्त्रीको संज्ञा दिएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्ले रोस्ट्रम पुगेका थिए ।
प्रधानमन्त्री वालेन्द्र शाह बालेनले आफ्नो तर्फबाट जवाफ दिन अर्थमन्त्री वाग्लेलाई तोकेका छन् । ‘निमित्त प्रधानमन्त्रीज्यू, रक्षामन्त्रीज्यू तथा अर्थमन्त्रीज्यूलाई मेरो प्रश्न र सुझाव नेपालले भारतको सीमा कहाँ–कहाँ मिचेको रहेछ ? सुरक्षा निकायलाई सिमानातिर सुस्तामा कहिले पठाउने होला ?,’ राईले प्रश्न गरे ।
उनले बजेटमा ‘ट्यालीमा मिस्टेक भयो एक्सल सिटमा हाइड भयो भन्नुभयो त्यस्तो कर्मचारीलाई के कारबाही हुन्छ ?,’ भन्ने प्रश्न पनि गरे । त्यस्तै, ‘रक्षा मन्त्रालयको बजेट किताब हामीलाई प्राप्त भएन यो रक्षा मन्त्रालयले गर्ने गतिविधि सांसदले थाहा पाउन नहुने हो कि ?,’ भन्ने प्रश्न पनि गरे ।
प्रकाशित मिति: बिहीबार, असार ४, २०८३
१८:५८
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
बालेन शाह
स्वर्णिम वाग्ले