बाढीपीडितलाई तयारी पोसाक उद्योग संघको ३३ लाख सहयोग
baahrakhari.com · Thu Sep 10 12:24:02 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति नेपाल तयारी पोसाक उद्योग संघले दुःख व्यक्त गर्दै आर्थिक सहयोग गरेको छ । संघका सदस्यहरूको तर्फबाट अर्थमन्त्रीमार्फ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी ३३ लाख ३३ हजार ३३३ रुपैयाँबराबरको चेक हस्तान्तरण गरिएको छ ।
साथै, संघका सदस्य उद्योगहरूले समेत आ–आफ्नो तर्फबाट उद्धार कोषमा आर्थिक सहयोग उपलब्ध गराइरहेका छन् । त्यसैगरी, बाढीपीडित तथा प्रभावित नागरिकको तत्काल आवश्यकतालाई ध्यानमा राखी संघका सदस्य तथा अन्तर्राष्ट्रिय क्रेताहरू समेतको सहयोगमा लत्ता कपडा, तयारी पोसाक र अन्य आवश्यक सामग्रीहरू राहतस्वरूप वितरण गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)