मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हेलिकप्टरबाट रसीमा झुण्डिएर निकाल्नु परेको थियो धौलागिरिमा अस्ताएका रुसी आरोहीका शव

deshsanchar.com · Wed Oct 16 22:54:13 UTC 2024

म्याग्दी- “चार सहभागीहरूले थप आरोहण जारी राख्न अस्वीकार गरे । दश जना हिउँ चितुवाजस्ता सहभागीहरू धौलागिरि चुम्नका लागि अनुकूल मौसमको पर्खाइमा छौँ”, रुसी पर्वतारोही अलक्जेन्डर डसिकाले सन् २०२४ को सेप्टेम्बर २३ अर्थात् यही असोज ७ गते सामाजिक सञ्जाल ‘इस्टाग्राम’मा धवलागिरि चढ्दै गरेको तस्बिरसहित आरोहणसम्बन्धी जानकारी गराएका थिए ।

संसारको सातौँ आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहणका लागि आएका १४ जना रुसी पर्वतारोहीको नेतृत्वकर्ता डसिकाको यो नै अन्तिम सन्देश बन्न पुग्यो । यही असोज २१ गते अर्थात् अक्टोबर ६ तारिखका दिनदेखि आरोही एकाएक सम्पर्कविहीन भएपछि समाजिक सञ्जालमा बधाई तथा शुभकामना दिइरहेका आफन्त तथा शुभेच्छुकहरू निराश बने ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)