रसुवा बाढी प्रभावितका लागि एमपीआईएको ३१ लाख सहयोग
clickmandu.com · Thu Sep 10 12:28:44 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्थापनाका कार्यमा सहयोग पु¥याउने उद्देश्यले मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपीआईए) ले ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
एमपीआईएले आफ्ना सदस्य संस्थाहरूबाट उक्त रकम संकलन गरेको हो । संकलित ३१ लाख रुपैयाँ नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भदौ २४ गते हस्तान्तरण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)