प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा
ratopati.com · Thu Jun 18 13:15:32 GMT 2026

काठमाडाैँ । नेपालमा यस वर्षको प्रि–मनसुन अवधिमा विगत ४५ वर्षयताकै सर्वाधिक वर्षा रेकर्ड भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त अवधिमा देशभर औसत ३३९.७७ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन औसत २२६.३ मिलिमिटरको १४५ दशमलव ५ प्रतिशत हो । विभागका मौसमविद् सञ्जिव अधिकारीले प्रि–मनसुन समयमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायु सक्रिय हुनु तथा अत्यधिक गर्मीका कारण प्रि–मनसुनमा अत्याधिक वर्षा भएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
मौसम