साफ खेल्ने महिला टोलीलाई विशेष ट्राभल किट
ekantipur.com · Wed Oct 16 23:24:19 UTC 2024
काठमाडौँ — साफ महिला फुटबल च्याम्पियनसिपमा उत्रिन लागेको नेपाली महिला टोलीलाई विशेष ट्राभल किट प्रदान गरिएको छ । महिला राष्ट्रिय टोलीको प्रमुख प्रायोजक युनिलिभर नेपालको पर्सनल केयर ब्रान्ड ‘डोभ’ मार्फत अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यलयमा खेलाडीलाई विशेष ट्राभल किट प्रदान गरिएको थियो ।
एन्फाका अध्यक्ष पंकज नेम्बाङसहित युनिलिभरका पदाधिकारीहरुले खेलाडीलाई सो सामाग्री प्रदान गरेका थिए । पछिल्लो वर्ष देखि युनिलिभरले नेपाली महिला फुटबल टोलीलाई मुख्य प्रायोजन गर्दै आएको छ । परमपरागत प्रायोजन भन्दा दर्शकहरुसँग भावनात्मक सम्बन्ध सिर्जना गर्दै सकरात्मक समाजिक परिवर्तन ल्याउने विश्वास युनिलिभरको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)