मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

फेरि घट्यो ब्याजदर

ekantipur.com · Wed Oct 16 23:30:53 UTC 2024

काठमाडौँ — बैंक तथा वित्तीय संस्थाले फेरि ब्याजदर घटाएका छन् । कात्तिकका लागि बैंकहरूले निक्षेपको ब्याजदर घटाएसँगै कर्जाको पनि स्वतः घटेको हो । निक्षेप बढिरहे पनि अपेक्षित रूपमा कर्जाको माग बढ्न नसकेकाले आफूहरूसँग लगानीयोग्य रकम (तरलता) धेरै थुप्रिएको भन्दै बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर फेरि घटाएका हुन् ।

निक्षेपको ब्याजदर घटेपछि बैंकहरूको खर्च (लागत) घट्ने भएकाले आधार दर पनि घट्छ । आधार दर घटेपछि ऋणको ब्याजदर पनि घटाउन दबाब परेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)