एक्लै चल्न खोज्दा सर्वोच्चबाटै एक्लिन सक्छन् प्रधानन्यायाधीश
barnanmedia.com · Thu Jul 31 21:36:55 GMT 2025

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले मुलुकको न्यायपालिका प्रमुखको जिम्मेवारी सम्हालेको केही दिनमै एउटा निजी कम्पनीको कार्यक्रममा गएर न्यायालयको जिम्मा आफूले लिने बताएका थिए । न्यायालयको जिम्मा लिन आफू तयार रहे पनि राज्यका अन्य अंगहरुमा यसरी जिम्मेवारी लिने सोच, संस्कृति र बोध नरहेको उनको भनाइ थियो ।
एउटा संस्थाको नेतृत्वका हिसाबले राउतले जिम्मेवारीबोध गर्नु अनौठो कुरा थिएन । तर उनको प्रस्तुतिमा सबैभन्दा अगाडि म आइरहेको थियो । जब नेतृत्वकर्तामा म हाबी हुन्छ, त्यसपछि उनको टिम पछाडि हट्न पुग्छ । नेतृत्वले आँटेका काममा टिमले अपनत्व लिँदैन । अझ संस्थाहरूमा आन्तरिक प्रतिस्पर्धा, इर्ष्या र अहंको भावना जहाँतहीँ हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)