अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
barnanmedia.com · Thu Jul 09 23:01:58 GMT 2026

संघीय संसद्को प्रतिनिधिसभाले सहकारी अध्यादेश प्रतिस्थापन विधेयक बुधबार स्वीकृत गरेको छ । संसद्ले अध्यादेशमा नभएका व्यवस्थाहरू थप गरेर विधेयक स्वीकृत गरेको हो ।
संसद्ले स्वीकृत गरेको विधेयकमा सहकारी ऋणीबाट हर्जना पनि लिने व्यवस्था गरेको छ । हर्जना सम्बन्धी व्यवस्था अध्यादेशमा थिएन । विधेयकमा सहकारीका डिफल्टर ऋणीबाट उठ्न बाँकी ब्याजको ५ प्रतिशत हर्जाना लिने व्यवस्था सहित विधेयक स्वीकृत भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)