मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा तेस्रो दिन सुवाश शीर्षस्थानमा

baahrakhari.com · Thu Jun 18 13:31:04 GMT 2026

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन सुवाश तामाङ समग्रमा १५–अन्डर २ सय १ सहित शीर्षस्थानमा उक्लन सफल भएका छन् । सुवाशले ७–अन्डर ६५ को स्कोरसहित लगातार दुई दिनका लिडर भुवन नगरकोटीलाई १ स्ट्रोकले पछि पारेका हुन् ।

भुवनले १–अन्डर ७१ खेल्दा समग्रमा १४–अन्डर २ सय २ सहित दोस्रो स्थानमा तल झरे । शुक्रबहादुर राई र एमेच्योर सदभाव आचार्य समग्रमा १२–अन्डर २ सय ४ सहित संयुक्त रूपमा तेस्रो स्थानमा रहे । शुक्रले ४–अन्डर ६८ र सदभावले १–अन्डर ७१ मा तेस्रो दिनको खेल सकाए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)