डा.धीरेन्द्र झा जन्मजयन्ती : मैथिली साहित्यमा योगदान धेरै चर्चा कम
ratopati.com · Fri Jul 14 23:30:00 GMT 2023
जनकपुरधाम । नेपालमा आधुनिक मैथिली साहित्यको प्रचार र प्रसार गर्ने कार्यमा संलग्न साहित्यकार डा धीरेन्द्र झा धेरैका लागि परिचित नाम हो । नेपालमा रहेका एक सय २३ भन्दा बढी भाषामध्ये आजपर्यन्त दोस्रो धेरै बोलिने मैथिली भाषी साहित्यकारहरूका बीचमा त उहाँ एक ‘अग्लो’ व्यक्तित्व हो ।
त्यसका अतिरिक्त नेपालमा मैथिली साहित्यको औपचारिक पठनपाठन सुरु गर्ने एक कुशल गुरु (प्राध्यापक), गीत र कवितामा सीमित मैथिली साहित्यमा कथा, उपन्यास, महाकाव्यजस्ता बहुविधाहरूमा लेखन तथा लेख्न उत्प्रेरित गर्ने एक विराट प्रतिभाशाली साहित्यकारका रूपमा उनको परिचय छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)