बेलायती प्रधानमन्त्रीसँगको भेटपछि ट्रम्पले दिएको अभिव्यक्तिको संकेत के हो ?
shilapatra.com · Fri Feb 28 03:40:00 GMT 2025

बेलायती प्रधानमन्त्री किएर स्टार्मर अमेरिका भ्रमणमा छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन् ।
स्टार्मरसँगको भेटपछि ट्रम्फले अमेरिका र बेलायतबीच छिटै नै व्यापार सम्झौता हुन सक्ने बताएका छन् । स्टार्मरसँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।
स्टार्मरसँग ह्वाइटहाउसमा भएको भेटवार्तामा ट्रम्पले 'रियल ट्रेड डिल' को कुरा गरेका थिए । ट्रम्पको यो कुरालाई लिएर बेलायतमाथि कर लगाउने मनसायमा उनी नभएको अर्थमा लिइएको बीबीसीले उल्लेख गरेको छ ।
बीबीसीका अनुसार ट्रम्पको यो भनाइले त्यस्तो आशंकालाई तत्कालका लागि खारेज गरिदिएको छ जसमा अमेरिकाले बेलायतमाथि कर लगाउन सक्ने अनुमान गरिएको थियो ।
ट्रम्पले अमेरिकाका सहयोगी तथा व्यापार साझेदार देशहरूमाथि कर लगाउने चेतावनी दिएका छन् । चीनमाथि त लगाइ पनि सकेका छन् । यता स्टार्मरको यो अमेरिका यात्रालाई निकै महत्त्वका साथ हेरिएको छ ।
कतिपयले त बेलायती प्रधानमन्त्रीले युक्रेन मामिला तथा अमेरिकी व्यापार नीतिमा ट्रम्पलाई प्रभावित पार्न सक्नेछन् भन्नेसम्मको अपेक्षा राखेका छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१
०९:२५
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)