प्रेरक प्रसंग : पचासको नोट
nayapatrikadaily.com · Fri Mar 03 00:31:00 GMT 2023
एक व्यक्ति राति ढिलोसम्म अफिसमा काम गरेर थकित अवस्थामा घर पुगे । घरमा उनका पाँच वर्षका छोरा उनलाई कुरिरहेका थिए । पिता घरमा प्रवेश गर्नासाथ छोराले सोधे– बाबा म हजुरलाई एउटा प्रश्न सोध्न सक्छु ? पिताले भने– किन नसक्नु, सोध न ।
हजुर एक घन्टामा कति कमाउनुहुन्छ ? छोराले प्रश्न गरे । तिमीलाई किन चाहियो ? यस्ता वाहियात प्रश्न नसोध त मलाई । पिताले झर्किंदै भने । छोराले नम्रतापूर्वक भने– मलाई त्यत्तिकै जान्न मन लाग्यो र सोधेको हुँ बाबा, भन्नुहोस् न ! पिताले रिसाउँदै भने– सय रुपैयाँ ! छोराले पुनः प्रश्न गरे– बाबा, के हजुर मलाई ५० रुपैयाँ सापट दिन सक्नुहुन्छ ?
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)