अवसरवाद र अराजकताले एमालेलाई कमजोर भयो : महेश बस्नेत
barnanmedia.com · Thu Jun 18 13:42:45 GMT 2026

नेकपा एमालेका सचिव महेश बस्नेतले दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकताले एमालेलाई कमजोर बनाउने प्रयास गरिरहेको बताएका छन् । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनबारे प्रदेशस्तरीय भेला र सुझाव सङ्कलनमा नेताहरू खटिइरहेका बेला सचिव बस्नेतले यस्तो बताएका हुन् ।
‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतासँग लड्ने पार्टीको ११औँ महाधिवेशनको कार्यनीतिक नारा थियो । तर विडम्बना, आज त्यही दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकताले नै एमालेलाई कमजोर बनाउने प्रयास गरिरहेको देखिन्छ’, सचिव बस्नेतले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)