मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इलाम- २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी

gorkhapatraonline.com · Mon Apr 29 23:16:09 UTC 2024

कोकिला ढकाल

इलाम, वैशाख १८ गते । इलाम – २ मा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ विजयी हुनु भएको छ । नेम्वाङ २७ हजार ७७२ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेद्वार डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत प्राप्त गर्नुभएको थियो । प्रतिनिधिसभा सदस्यका लागि खड्काको इलाम–२ मा यो दोस्रो पटकको पराजय हो । यस अघि स्वर्गीय सुवासचन्द्र नेम्वाङ सँग पनि खड्का ११४ मतले पराजित हुनु भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)