२८ सय किलोमिटर सडक स्तरोन्नति गर्ने सरकारको योजना
baahrakhari.com · Thu Jun 18 14:00:34 GMT 2026

काठमाडौं । सरकारले आगामी तीन वर्षभित्र करिब ११ खर्ब ५० अर्ब रुपैयाँबराबरका पूर्वाधार आयोजना अघि बढाउने योजना सार्वजनिक गरेको छ । बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले सडक, पुल, खानेपानी, सहरी विकास र खेलकुद पूर्वाधारलाई समेट्ने बहुवर्षीय योजना कार्यान्वयनमा जाने बताएका हुन् ।
मन्त्रीका अनुसार, बजेट पुस्तिकामा चालु आर्थिक वर्षका लागि दुई खर्ब ८६ अर्ब रुपैयाँ मात्र देखिए पनि बहुवर्षीय आयोजना समेट्दा करिब ११ खर्ब ५० अर्ब रुपैयाँबराबरका ठेक्का खुल्नेछन् । खरिद प्रक्रिया छोट्याएर १८–२१ महिनाबाट ६–७ महिनामा सीमित गर्ने लक्ष्यसमेत सरकारले लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)