मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राप्रपाका केन्द्रीय सदस्य कार्कीले पार्टी परित्यागको घोषणा

barnanmedia.com · Thu Jul 31 22:24:35 GMT 2025

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य किशोरबहादुर कार्कीले पार्टी परित्याग गरेका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले राप्रपा त्यागेको घोषणा गरेका हुन् ।

केन्द्रीय सदस्य कार्कीले पछिल्लो समय पार्टीभित्र चाकडी, चाप्लुसी, सिद्धान्तभन्दा भागबन्डा, सेटिङ र साँठगाँठलाई प्राथमिकता दिने प्रवृत्ति हाबी हुँदै गएको बताउँदै पुराना, इमानदार र जनाधार भएका कार्यकर्तालाई अपमानित र पाखा लगाउने अभ्यासले सङ्गठनको आत्मा मरेको आरोप लगाएका छन् । उनले नेतृत्वमा पनि अहङ्कार, भागबन्डा र हैकमवादी प्रवृत्ति हाबी भएको बताउँदै यसबाट पार्टी सुधारको कुनै सम्भावना नदेखेर पार्टी त्यागेको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)