निर्माण व्यवसायीको ६ अर्ब दसैँअघि नै भुक्तानी गर्ने निर्णय, कार्यान्वयनमा चुनौती
nayapatrikadaily.com · Fri Oct 20 00:50:00 GMT 2023
गत आर्थिक वर्ष ०७९/८० मा बिल स्वीकृत भएका निर्माण व्यवसायीले दसैँअघि नै सरकारबाट रकम भुक्तानी पाउने भएका छन् । अर्थ मन्त्रालयका अनुसार निर्माण व्यवसायीहरूको झन्डै ६ अर्ब रुपैयाँ भुक्तानी हुन बाँकी छ । जुन रकम शुक्रबार नै भुक्तानी गर्न अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायातलगायतका सम्बन्धित मन्त्रालय तथा कार्यालयहरूलाई पत्राचार गरिसकेको छ ।
मन्त्रालयको पहलसँगै लामो समयदेखि अन्योलमा रहेका निर्माण व्यवसायीहरूको भुक्तानीसम्बन्धी समस्या समाधान हुने देखिएको छ । गत आवमा बजेट अभाव हुँदा सरकारले बिल स्वीकृत भएका थुप्रै निर्माण कम्पनीको भुक्तानी गर्न सकेको थिएन । भुक्तानी नपाएपछि गत साउनमा निर्माण व्यवसायीहरूले चरणबद्ध रूपमा आन्दोलन पनि गरेका थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयतर्फ मात्रै चार अर्ब रुपैयाँ भुक्तानी हुन बाँकी छ । जुन रकम दसैँअघि नै निर्माण कम्पनीको खातामा जाने व्यवस्था गरिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)