‘सङ्क्रमणकालीन न्यायका प्रक्रियालाई टुंगोमा पुर्याउँछौँ’
nepalnews.com · Thu Jun 18 14:08:11 GMT 2026

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सङ्क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुंगोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको बताएकी छन्।
संसद्मा बिहीबार आफ्नो मन्त्रालयमाथिको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएकी हुन्। नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समेत समावेश लामो समयदेखि बाँकी रहेको सङ्क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुंगोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)