ढोरपाटनका भेडीगोठालाको व्यथा, ‘सरकारले न्यानो ज्याकेट दिए पनि लाउँदा हुँ’
deshsanchar.com · Thu Jul 31 22:34:26 GMT 2025

बागलुङ – अग्ला पहाडका टाकुरामा पुराना थाङ्ना र नीलो त्रिपालले बेरिएका गोठ। छेउमा पालिएका भोटे कुकुरहरू र वरपर चरिरहेका हजारौँ भेडाका बथान। यो दृश्य बागलुङको ढोरपाटनस्थित टीकाधारा बुकीपाटनको हो। यी बथानसँगै भेटिनुहुन्छ ६४ वर्षीय टेकध्वज घतान , जसले भेडापालनमा ५० वर्षभन्दा बढी समय बिताइसके।
बागलुङको निसीखोला गाउँपालिका–६ का घतान गत जेठको अन्तिम साता करिब २०० भेडा लिएर टीकाधारा पुगेका थिए। उनको दैनिकी बिहान भेडा दुहुने र दिउँसोमा घाँस काट्नमै बित्ने गरेको छ। उनीसँगै रुकुमका सत्यराम विश्वकर्मा र रोल्पाका तीर्थबहादुर घर्तीसहित सात जनाको समूह एउटै गोठमा बस्छन्। उनीहरूको झण्डै पाँच हजार भेडाले टीकाधाराको खर्क ढाकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)