मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जीर्ण कक्षाकोठामा पढाइ, धुलाम्मे चौरमा परीक्षा

ekantipur.com · Sat Jan 20 00:40:43 GMT 2024

धनगढी — यतिबेला बाजुराको कोल्टीस्थित जनप्रकाश माध्यमिक विद्यालयमा अर्धवार्षिक परीक्षा चलिरहेको छ । बाजुरामा रहेका तीन ठूला र पुरानामध्येको एक हो यो विद्यालय । तर, विपना खत्रीलाई खुला र धुलाम्मे चौरमा बसेर परीक्षा दिनुपर्दा निकै असजिलो भएको छ । सात कक्षामा अध्ययनरत उनीजस्तै सयौं विद्यार्थी अहिले भुइँमा बसेर परीक्षा दिइरहेका छन् ।

‘समय अपुग हुने भएकाले सबै प्रश्नको उत्तर चाँडो–चाँडो लेख्नुपर्ने हुन्छ । तर, धूलोमैलो भुइँमा बसेर लेख्दा हात छिटो चल्दैन र अक्षर पनि बिग्रन्छन्,’ विपनाले भनिन्, ‘जानेको कुरा पनि लेख्नै भ्याइँदैन ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)