एनआईसी एशिया बैंकका ग्राहकहरुलाई फिस्टेल लज र जगतपुर लजमा १० प्रतिशत छुट सुविधा
kendrabindu.com · Thu Jun 18 14:19:37 GMT 2026

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरूलाई लेकसाइड, पोखरास्थित फिस्टेल लज र चितवनस्थित जगतपुर लजमा विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
यस समझदारी पश्चात बैंकका ग्राहकहरुले अन्नपूर्ण ग्रुप अफ होटल्स अन्तर्गत सञ्चालित उक्त दुई लजहरुबाट विभिन्न सेवा तथा सुविधाहरू लिँदा विशेष छुट प्राप्त गर्न सक्नेछन् । समझदारी अनुसार उक्त लजहरुमा खाद्य तथा पेय पदार्थमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् भने आवासीय सेवामा कर्पोरेट शुल्क प्राप्त गर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ