वर्षामा बीपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने
lokaantar.com

पटक-पटकको बाढीपहिरोले क्षतिग्रस्त भई पुनर्निर्माण थालिएको बीपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड अब अवरुद्ध भए आधा घण्टामै खुलाउने गरी तयारी गरिएको छ । पुनर्निर्माणसँगै अबको केही दिनभित्रै पुनर्निर्मित ट्रयाकबाटै सवारी सञ्चालन गरिने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीको राजमार्ग यसअघि वर्षा हुनेवित्तिकै अवरुद्ध हुने गरेको थियो । हाल वर्षामा सकेसम्म राजमार्ग अवरुद्ध हुनै नदिने भइहालेको खण्डमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने कार्यालयले तयारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)