गगन-विश्वप्रकाशसहित पाँच नेताबीच सोमबार राति नै हुँदै छ वार्ता
nepalnews.com · Mon Jan 12 17:47:54 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेस संस्थापन पक्ष र विशेष महाधिवेशन आयोजक दुवै महामन्त्रीबीच छलफल हुने भएको छ। कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेता बालकृष्ण खाण र रमेश लेखकबीच सोमबार राति नै छलफल हुने भएको हो।
विशेष महाधिवेशन पक्षले चार सदस्यीय वार्ता टोली गठन गरेसँगै पहिलो चरणमा दुवै पक्षका नेताबीच संवाद हुने भएको नेताहरूले जानकारी दिए। विशेष महाधिवेशन आयोजक पक्षले गठन गरेको वार्ता टोलीका सदस्य गुरुराज घिमिरेले नेपालन्युजलाई भने‚ “राति नै पाँच नेताबीच संवाद हुनेछ‚ उक्त संवाद निष्कर्षमा नपुगेको खण्डमा वार्ता टोलीले मंगलबार बिहान ७ बजेबाट संस्थापन पक्षसँग वार्ता गर्नेछ।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)