एथलेटिक्समा बागमतीलाई सर्वाधिक ११ स्वर्ण
neplays.com · Fri Jun 05 16:36:14 GMT 2026

काठमाडाैं। बागमती प्रदेशले १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको अन्तिम दिन शुक्रबार एथलेटिक्समा सर्वाधिक ११ स्वर्ण जितेको छ। बागमतीले ७ रजत र ५ कांस्य पनि जित्यो।
एथलेटिक्समा विभिन्न २६ स्पर्धा समावेश थिए। सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ३ रजत र ४ कांस्य, लुम्बिनी प्रदेशले ५ स्वर्ण, ९ रजत र ५ कांस्य, गण्डकी प्रदेशले २ स्वर्ण, २ रजत र ७ कांस्य तथा कर्णाली प्रदेशले १ स्वर्ण, २ रजत र ३ कांस्य जिते। स्वर्णविहीन कोशी प्रदेशले समान २–२ रजत र कांस्य हात पा¥यो। मधेश प्रदेश पदकविहीन बन्यो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)