संविधान संशोधनमा आमाको नामबाट नागरिकता दिने विषय समेटिनुपर्छ : सरोकारवाला
ratopati.com · Thu Dec 19 17:14:00 GMT 2024

काठमाडौँ । विभिन्न सरोकारवाला पक्षले आमाको नामबाट नागरिकता दिने विषय संविधान संशोधनका क्रममा सम्बोधन हुनुपर्नेमा जोड दिएका छन् । बिहीबार राजधानीमा मिडिया एड्भोकेसी समूहले आयोजना गरेको ‘संविधान संशोधनमा नागरिकताको मुद्दा’ छलफल कार्यक्रममा सो कुरामा जोड दिइएको हो ।
कार्यक्रममा एमाले नेतृ डा.बिन्दा पाण्डेले आमाको नामबाट नागरिकता दिनुपर्ने विषय लामो समयदेखि बहस हुँदै आएको तर हालसम्म यो विषयले पूर्णता पाउन नसकेको बताइन् । १७ प्रतिशत बालबालिका एकल आमासँग रहेको र २ प्रतिशत बाबुसँग हुने सरकारी तथ्याङ्क रहेको बताउँदै डा.पाण्डेले आमाको नामबाट नागरिकता पाउन नसक्दा धेरै सङ्ख्यामा असर पर्ने उनले बताइन् । ‘राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार १७ प्रतिशत बालबालिका एकल आमासँग र २ प्रतिशत बुवासँग बस्ने गरेका छन्,’ उनले भनिन्, ‘१७ प्रतिशत बालबालिकाको विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)