मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घुससहित पक्राउ परेका उपसचिव भ्रष्टाचारी ठहर

rajdhanidaily.com · Thu Jan 13 23:27:22 GMT 2022

काठमाडौं । विशेष अदालतले घुससहित पक्राउ परेका एक उपसचिवलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको संयुक्त इजलासले उपसचिव लिला अधिकारीलाई दोषी ठहर गरेको हो ।

बूढानीलकण्ठ नगरपालिका कार्यालय काठमाडौंका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रहेका अधिकारी ५ लाख घुससहित पक्राउ परेका थिए । अधिकारीलाई अख्तियारको टोलीले २७ चैत २०७४ मा पक्राउ गरेको थियो । अधिकारीविरुद्ध २३ वैशाख २०७५ मा भ्रष्टाचार मुद्दा दायर भएको थियो । उनीसँगै पक्राउ परेका नगरपालिका इन्जिनियर विजेन्द्र श्रेष्ठलाई पनि अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)