ईपीएलको प्रायोजक र ब्रोडकास्ट पार्टनर सार्वजनिक
rajdhanidaily.com · Fri Aug 20 23:47:19 GMT 2021
काठमाडौं । अर्को महिनादेखि सुरु हुने बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल)को देशभित्र प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजन एचडीले गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा असोज ९ देखि २३ गतेसम्म ईपीएलको चौथो संस्करण आयोजना हुँदै छ ।
ईपीएलको साझेदार एडप्याडले प्रसारण अधिकारमा हिमालय टेलिभिजनसहित अन्य प्रायोजकसँग शुक्रबार सम्झौतापत्र आदानप्रदान गरेको छ । एडप्याडका सुरज गिरी र हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले सम्झौतापत्र आदानप्रदान गरे । डिजिटल प्लाटफर्ममा प्रत्यक्ष प्रसारणका लागि भने ईपीएलले यसअघि नै ओएसआर स्पोर्ट्ससँग सम्झौता गरिसकेको छ । हिमालय टेलिभिजनले यसअघि दुईपटक पोखरा प्रिमियर लिग (पीपीएल)को प्रत्यक्ष प्रसारण गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)