सरकारको आगमी आर्थिक २०८३/८४ को प्रतिनिधि सभाबाट बजेट पारित
barnanmedia.com · Thu Jun 18 14:33:14 GMT 2026

सरकारको आगमी आर्थिक २०८३/८४ को बजेट प्रतिनिधि सभाबाट पारित भएको छ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसलाई सभामुख डोलप्रसाद अर्यालले निर्णायर्थ प्रस्तुत गरेका थिए।
बहुमतका आधारमा विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित भएको हो। सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट ल्याएको छ। बजेट अन्तर्गतकै आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि भने छलफल हुन बाँकी छ।
यसअघि बिहीबार प्रतिनिधि सभामा विभिन्न मन्त्रालयको विनियोजित बजेटमाथि छलफल भएको थियो। त्यसमा सांसदले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
प्रतिनिधि सभा
स्वर्णिम वाग्ले