‘डोटी आइडल’ : लुकेका प्रतिभालाई उज्यालो भविष्य देखाउँदै
ekantipur.com · Mon Jan 12 17:59:12 GMT 2026

डोटी — साँझपख गाउँको चौतारो होस् या मेलापातमा गुञ्जिने लोकभाका, डोटीका स्वर सधैं मौलिक र शक्तिशाली छन्। तर स्वर त थियो, अवसर थिएन। यही अभावलाई चिर्दै डोटी जिल्लामा पहिलो पटक ‘डोटी आइडल’ आयोजना हुँदैछ— जहाँ गाउँ–गाउँमा लुकेका आवाजले पहिलो पटक औपचारिक मञ्च पाउनेछन्।
डोटी उद्योग वाणिज्य संघको आयोजनामा डोटीमा फागुन १ गतेदेखि सुरु हुने डोटी महोत्सव २०८२ ले यसपटक मनोरञ्जनसँगै सम्भावनाको ढोका खोल्दैछ। महोत्सवकै विशेष आकर्षणका रूपमा समावेश गरिएको ‘डोटी आइडल’ केवल प्रतियोगिता मात्रै होइन, जिल्लाका युवापुस्ताका सपना बोल्ने मञ्च बन्ने आयोजकको विश्वास छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)