मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सूदुरपश्चिम सरकारको मनोमानी, कृषि बजारको लगानी ‘बालुवामा पानी’

rajdhanidaily.com · Thu Jul 31 23:03:35 GMT 2025

धनगढी । लाखौं रुपैयाँ खर्च गरेर आफैंले बनाएका हाटबजार अलपत्र पारेर सुदूरपश्चिम प्रदेश सरकार पुनः नयाँनयाँ हाटबजार निर्माणमा जुटेको छ । संघीय सरकारले कृषि दशक घोषणा गरेर प्रभावकारी कार्यान्वयनमा ल्याउन पहल थालेको भन्दै प्रदेश सरकारहरू पनि बिनाअध्ययन र योजना हाटबजारका लागि बजेट खर्च गरिरहेका छन् ।

कैलालीको बर्दगोरिया–५ मा ५ वर्षअघि नै हाटबजार निर्माण गरियो । तर, अहिलेसम्म सञ्चालनमा छैन । अघिल्लो हाटबजार अलपत्र परिरहेका बेला प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतको कृषि ज्ञान केन्द्र कैलालीले सोही गाउँपालिकामा अर्को हाटबजार बनाउन बजेट विनियोजन गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)