मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

ratopati.com · Mon May 25 19:20:24 GMT 2026

काभ्रेपलान्चोक । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलान्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको सोमबारदेखि पुनः निर्माण सुरु गरिएको छ । नेपालका लागि जापानी राजदूत माएदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले संयुक्त रूपमा उक्त परियोजनाको शिलान्यास गरे ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा उक्त सडक खण्डमा पर्ने तीन दशमलव दुई किलोमिटर सडकखण्डको पुनर्निर्माण सुरु भएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेहले जानकारी दिए । उनका अनुसार २०८१ असोज १२ को बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत काभ्रेपलान्चोक र सिन्धुली करिब ३० किलोमिटर सडक खण्ड पुनर्निर्माण तथा मर्मत गर्नुपर्ने देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)