शिक्षक रामबिक्रम थापालाई ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार’ प्रदान
rajdhanidaily.com · Thu Jul 31 23:21:40 GMT 2025

खोटाङ । खोटाङको सरस्वती माध्यमिक विद्यालय दिक्तेलका शिक्षक रामबिक्रम थापालाई ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार–२०८२’ प्रदान गरिएको छ । शिक्षा, कला, साहित्य, संस्कृति र सामाजिक क्षेत्रमा पुर्याउनुभएको योगदानको सम्मानमा थापालाई दश हजार नगदसहितको पुरस्कृत गरिएको हो ।
शहीद मनोज जोशीको ३४ औं स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई र मनोज स्मृति प्रतिष्ठान खोटाङका अध्यक्ष कुमार आचार्यले संयुक्त रूपमा पुरस्कृत शिक्षक थापालाई नगद राशिसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ निवासी शिक्षक थापाको शिक्षण पेशामा प्रवेश गर्नुअघि तत्कालीन गाविस सचिव पदमा कार्यरत रहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)