प्रचण्डलाई सर्वाेच्चको धक्का, सरकारी दस्ताबेजबाट ‘जनयुद्ध’शव्द बाइबाइ
barnanmedia.com · Thu Dec 19 21:44:48 GMT 2024

गत वर्ष आर्थिक वर्ष ०८०÷८१ को नीति तथा कार्यक्रम ल्याउँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री थिए। अर्थमन्त्री थिए, कांग्रेस नेता प्रकाशशरण महत। आफू प्रधानमन्त्री भएको मौका प्रचण्डले नीति तथा कार्यक्रममा ंजनयुद्ध’ शब्द प्रयोग गराए। नीति तथा कार्यक्रमको पहिलो बुँदामै जनयुद्ध शब्दको प्रयोग भएको थियो। जबकि, त्यसअघि नेपालको कुनै पनि सरकारी दस्ताबेजमा यो शब्द उल्लेख थिएन् । प्रचण्डले भने राष्ट्रपति रामचन्द्र पौडेलकोमुखबाट जनयुद्ध शब्द वाचन गराउन लगाएका थिए।
५० को दशकमा माओवादीले सशस्त्र द्वन्द्व गरेको थियो। तत्कालीन सरकारले माओवादीलाई आतंकवादी घोषणा गरेको थियो। यो सशस्त्र द्वन्द्वमा १७ हजार नागरिक मारिए भने लाखौँ जनता घरबारविहीन भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)