इप्पानले धुमधामसँग रजत जयन्ती मनाउने
ratopati.com · Thu Dec 19 21:52:00 GMT 2024

काठमाडौं । मुलुकको ऊर्जा क्षेत्रको महत्त्वपूर्ण हिस्साका रूपमा रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले विशेष कार्यक्रमसहित आफ्नो स्थापनाको रजत जयन्ती मनाउने भएको छ ।
इप्पानले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव आगामी माघ ४ गते विशेष कार्यक्रमसहित मनाउने घोषणा गरेको हो । इप्पानले ‘लिडिङ द इनर्जी प्रस्पोरेटी’ भन्ने नारासहित ‘इप्पान रजत जयन्ती, २०८१’ भव्यताका साथ मनाउन विभिन्न समिति बनाएर कार्यक्रमको तयारी अघि बढाइसकेको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)