सामुदायिक वन अतिक्रमण गरी लगाइएको धान काटियो
lokaantar.com

कैलालीको घोडाघोडी नगरपालिका–३ बग्लैयास्थित मद्रेनिया सामुदायिक वन अतिक्रमण गरी लगाइएको धानबाली काटिएको छ ।
अतिक्रमण गरी लगाइएको धानबाली सामुदायिक वनले काटेको वनका अध्यक्ष हरिराम डगौँराले जानकारी दिए । सामुदायिक वनको तीन हेक्टर जमिन अतिक्रमण गरी धान बाली लगाइएको थियो । अतिक्रमण नगर्न पटक पटक आग्रह गर्दा पनि नमानेपछि लगाइएको धान बाली नै काट्नु परेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)