गहुँ बालीका लागि मल उपलब्ध गराउन माग
barnanmedia.com · Thu Dec 19 22:43:40 GMT 2024

काठमाडौँ, ५ पुस : गहुँ बाली लगाउने बेलामा मलको चरम अभाव खेप्दै आएको भन्दै जिल्लाका किसानले कृषि औजारसहित मल उपलब्ध गराउनुपर्ने माग गरेका छन् । जनमत पार्टी संसदीय दलका नेतासमेत रहनुभएका प्रदेश सांसद महेशप्रसाद यादव अगुवाइमा किसान सडकमा उत्रिएका हुन् ।
गहुँ बाली लगाउने बेलामा मलखाद नपाउँदा समस्या भएको भन्दै पटकपटक सम्बन्धित निकायमा लिखित र मौखिक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनवाइ नभएकाले बाध्य भई सडक सङ्घर्षमा उत्रनुपरेको किसानले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)