राष्ट्रपतिले गरे ४ विधेयक प्रमाणीकरण
nepalpress.com · Fri Jul 10 00:52:39 GMT 2026

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ४ वटा विधेयक प्रमाणीकरण गरेका छन् ।
संघीय संसदबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका सार्वजनिक खरिद (दोस्रो संशोधन), सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन), सहकारी (पहिलो संशोधन) र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको शीतल निवासले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)