पाइलटले चिकित्सकलाई भने– ‘जहाज केही माथि उडेपछि नियन्त्रण गर्नै सकिनँ’
ekantipur.com · Thu Jul 25 17:05:56 UTC 2024

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बुधबार बिहान दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाजका चालक मनीषरत्न शाक्यले धावनमार्गबाट केही माथि उडेपछि आफूले जहाज नियन्त्रण नै गर्न नसकेको बताएका छन् ।
काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत शाक्यले अस्पतालका निर्देशक प्रा.डा. मीना थापासँग दुर्घटनाबारे सामान्य कुराकानी गरेका हुन् । ‘करिब १०० फिट जति माथि पुगेपछि मैले कन्ट्रोल नै गर्न सकिनँ,’ क्याप्टेन शाक्यले बिहीबार थापासँग भनेका छन्, ‘त्यसपछि धेरै याद छैन । केहीले थिचिएको जस्तो लाग्छ । पछि मलाई निकालेर यता ल्याइएछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)