मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चुरेमा चिउरी रोप्न दाता खोजिँदै

barnanmedia.com · Thu Dec 19 23:24:15 GMT 2024

काठमाडौँ, ५ पुसः चुरे क्षेत्रमा अब चिउरीका बिरूवा रोप्नका लागि यतिबेला सरकार दाताको पर्खाइमा छ । चुरेको माटोलाई भूक्षय हुनबाट जोगाएर चुरेबाट आर्थिक सुधारका लागि चिउरीका बिरूवा रोप्ने योजनामा रहेको सरकारले आन्तरिक स्रोतले नपुग्ने भएपछि आवश्यक पर्ने लागत जुटाउन दाता पर्खिएको हो ।

चुरेको संरक्षण तथा व्यवस्थापनको मुख्य अख्तियारी पाएको राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले अब चुरे जोगाउन र त्यसबाट आर्थिक उपार्जन गर्न विभिन्न बिरूवा रोप्ने योजना बनाएको छ । समितिले उक्त योजनाको प्रथामिकतामा चिउरी, बाँस, विभिन्न जातका फलफूलका बिरूवा रोप्ने योजना रहेको बताएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)