मौलिक बिम्ब खोज्दै रुपान्तरणको अभियानमा नेपाली ललितकला
ratopati.com · Thu Oct 17 19:45:00 UTC 2024

काठमाडौँ । कोभिड–१९ बाट आक्रान्त भएको नेपाली ललितकला पछिल्लो समयमा बिस्तारै माथि उठ्न थालेको छ । कोरोनाको असरलाई पन्छाएर नेपाली ललितकलाले देशविदेशमा आफ्नो प्रभाव देखाउन थालेको छ । विभिन्न देशका कलाकारको सहभागितामा कला कार्यशाला तथा प्रदर्शनीहरु नेपाल र बाह्य देशमा बढ्न थालेको छ ।
ललितकला प्रज्ञा–प्रतिष्ठानले त्यसको नेतृत्वमा आफ्नो मौलिकता खोजिरहेको छ र रुपान्तरण अभियान अघि बढाइएको छ । ललितकलाले सामाजिक चेतनालाई गतिशील बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । कला र साहित्य समाजको ऐना हो । कलाले प्रकृति, देश, भूगोल, जातजाति र समुदायका संस्कृति, संस्कार बिम्बात्मक रूपमा चित्रण गर्छ । विशेषगरी कलामा विभिन्न समुदाय, तिनका वेशभूषा, संस्कृति, भूगोल र प्रकृति आदिको कलात्मक बिम्ब भर्छ, जसले विश्वमा राष्ट्र र राष्ट्रियता चिनाउँछ, स्रोतका रूपमा अभिलेख बस्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)